×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा क्यालेण्डरमै समावेश

पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा क्यालेण्डरमै समावेश

काठमाडौं- सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेण्डरमै समावेश गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज (शुक्रबार) सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसअघि सरकारले दिएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको जानकारी दिनुभयो ।

सञ्चारमन्त्री शर्माका अनुसार २०८० सालको क्यालेण्डर छापिइसकेकाले त्यसपछिका वर्षमा दिइने सार्वजनिक बिदा पुनरावलोकनको काम आगामी भदौसम्ममा सक्ने बताउनुभयो । साथै  बिदा व्यवस्थित गर्ने निर्णय गरिएको जानकारी पनि मन्त्री शर्माले दिनुभयो ।

यसैगरी, सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ फिर्ता लिने निर्णय गरेको छ ।

लगानी (इन्भेष्टमेन्ट) कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने विषय तथा सर्त नेपाल राजपत्रमा प्रकाशित गर्न स्वीकृत दिने, मण्डन देउपुर–६, बेथानचोक–२, लिखु–४, रघुगंगा–२, तातोपानी–४, रिब्दीकोट–३, रुरुक्षेत्र–४ र अपिहिमाल–४ गरी आठ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने र बर्डफ्लु रोग नियन्त्रणका क्रममा आर्थिक वर्ष २०७९–७९ मा प्रचालिक कानुन बमोजिम नष्ट गरिएका वस्तुहरूको लागि राहत प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

 

प्रतिकृया दिनुहोस्