×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सरकारी जग्गाको बैना, ५ करोड २० लाख ठगी

सरकारी जग्गाको बैना, ५ करोड २० लाख ठगी

काठमाडौं- सरकारीसहित अर्काको नामको जग्गा बिक्रीका लागि देखाएर पाँच करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुर बागेश्वरी घर भई हाल चाँगुनारायण बस्ने ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका-८ बस्ने ५८ वर्षीय ईश्‍वर गाईजुलाई ठगीको आरोपमा पक्राउ गरेको हो।

उनीहरूले भक्तपुर साविक सुडाल गाविस-४ मा अर्कैको नाममा रहेको जग्गा सम्बन्धित जग्गा धनीसँग अनुमती नलिई अनुमती लिएको छौ भनेर बिक्री गर्न भन्दै बिभिन्न व्यक्तिबाट ५ करोड २० लाख रुपैयाँ बैना लगेर ठगी गरेको प्रहरीमा उजुरी परेको थियो।

प्रहरीका अनुसार उनीहरूले बिक्री गर्छौं भनेर देखाएको केही जगा सरकारी पनि रहेको खुलेको छ। उनीहरूका नाममा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी-१४ बस्ने धनिराम राई समेतले प्रहरीमा जाहेरी दिएका थिए। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्