×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

यती एयरकाे नयाँ अफर, एपमा रजिष्टर गरे खाना अर्डरमा सहुलियत

यती एयरकाे नयाँ अफर, एपमा रजिष्टर गरे खाना अर्डरमा सहुलियत

काठमाडौं। यती एयरले मोबाइल एप सेवा विस्तारको उद्देश्यले यात्रुलक्षित योजना सार्वजनिक गरेको छ। यसअन्तर्गत कम्पनीको मोवाइल एप डाउनलोड गरी रजिष्टर गर्ने यात्रुले अनलाइन फुड डेलिभरी सर्भिस  फुडमाण्डूमार्फत् खाना अर्डर गर्दा १५ प्रतिशत वा पाँच सय रुपैयाँसम्मको सहुलियत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

'यति मिठो अफर' नाम दिइएको यस योजना अन्तर्गत फुडमाण्डूबाट खाना अर्डर गर्दा एप डाउनलोड गरेपछि प्राप्त हुने एउटा युनिक कोड प्रयोग गर्न सकिने कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

'यो सहुलियत प्राप्त गर्नका लागि कोड प्राप्त भएको १० दिनभित्र खानेकुरा अर्डर गरिसक्नुपर्ने हुन्छ। यो योजना हाल तीन महिनासम्म लागू गरिएको छ,' बर्तौलाले भने।

कम्पनीको आधिकारीक एप डाउनलोड गरी टिकट खरिद गर्ने यात्रुले हवाई भाडामा आकर्षक छुट समेत प्राप्त गर्न सक्ने उनले जानकारी दिए। एप मार्फत यात्रुहले टिकट खरिदसँगै  दैनिक उडान सम्बन्धी, दैनिक सार्वजनिक अफरको जानकारी, कार्गो ट्रयाक गर्न, उडान तालिका बुझ्न तथा माइलेज चेक गर्न सक्ने उनले बताए।

यात्रुलाई बढीभन्दा बढी सुविधा दिने उद्देश्यले कम्पनीले विभीन्न साझेदारी निकायसँग सहकार्य गर्ने क्रममा फुडमाण्डुसँग सम्झौता गरेको कम्पनीले जनाएको छ । 
कम्पनीका अनुसार यात्रुले यो एप एण्ड्रोइडको प्ले स्टोर र आइओएस को एप स्टोरमा ‘यती एअरलाइन्स’ सर्च गरी डाउनलोड गर्न सक्नेछन्।

प्रतिकृया दिनुहोस्