काठमाडौँ- काठमाडौँमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा फाइनलमा स्थान बनाउन जनकपुर रोयल्सले विराटनगर सुपर किंग्सलाई पराजित गरेको छ ।
जनकपुरले विराटनगरलाई ३९ रनले पराजित गरेको हो । विराटनगर सुपर किंग्सले दिएको १ सय ६८ रनको लक्ष्य जनकपुरले १९.१ ओभरमा अलआउट हुँदै १ सय २८ रन बनाए। विराटनगरका लागि चाडविक वाल्टनले ४७ बलमा ५१ रनको अर्धशतकमा राज काननको बलमा एलबीडब्लु आउट गराए । वाल्टनले ६ चौका प्रहार गरे ।
पहिलो विकेट ४ रनमा गुमाएको जनकपुरका लागि दोस्रो विकेटका लागि कप्तान ट्राभोन ग्रिफिथ र चाडविक वाल्टनले ५६ रनको साझेदारी गरे । कप्तान ट्राभोन ग्रिफिथले ३४ रन बनाउँदा खडक बोहोराले १४ रन बनाए । उसका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।
जनकपुरका लागि राज नाननले ४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । कियोन जोसेफले ३ तथा नन्दन यादवले २ विकेट लिए । सुर्य तामाङले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको हो ।
विराटनगरका लागि गौरान्शु शर्मा ४२ रनमा आउट हुँदा अर्जुन साउदले ३५ रन बनाए । राज नाननले ३३ रन बनाउँदा हुसेन तलत ३१ रनमा आउट भए । अमरसिंह राउटेलाले छक्का हान्दै पहिलो ईनिङ सकाएका थिए ।
जनकपुरका लागि जितेन्द्र मुखियाले २ तथा सोमपाल कामी, सरफुदिन असरफ,ललित नारायण राजवंशी र शमीउल्लाह शिनवारीले समान ११ विकेट लिए । यस खेलको बिजेताले फाइनलमा स्थान बनाएको छ । पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।
दोस्रो क्वालिफारमा पहिलो क्वालिफाईनमा पराजित जनकपुरले इलिमिनेटर खेलको विजेता विराटनगरसँग खेलेको थियो । आईतबार भएको पहिलो क्वालिफायर जितेर लुम्बिनी अल स्टारले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ। त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।