एजेन्सी- साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १३ औैं खेलमा आज कोलकाता नाइट राइडर्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ ः ४५ मा अहमदाबादमा सुरुहुनेछ ।
गुजरातले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेट र दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको थियो । उता कोलकाता पहिलो खेलमा पन्जाबसँग ७ रनले पराजित भएको थियो । दोस्रो खेलका कोलकाताले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८१ रनले हराएको थियो ।
बेंगलोरलाई हराउन शार्दुल ठाकुरले ६८ र रिंकु सिंहले ४६ रनको महत्वपूर्ण योगदान दिएका थिए । ओपनर रहमानउल्लाह गुरबाजले ५७ रन जोडेका थिए । आज टिम साउथीको स्थानमा जेसन रोेय खेल्ने सम्भावना छ । कोलकाताले गुरबाज र जेसन रोयलाई ओपनिङ गराउँदै मजबुत सुरुवात चाहन्छ ।