×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

खेलकुदमा एनआरएनएको सहभागिता गराउने कांग्रेसको लक्ष्य

खेलकुदमा एनआरएनएको सहभागिता गराउने कांग्रेसको लक्ष्य

काठमाडौँ । नेपाली कांग्रेसले नेपालको राष्ट्रिय टिममा गैरआवासीय नेपाली खेलाडीहरूलाई पनि समावेश गर्ने लक्ष्य लिएको छ । पार्टी सभापति गगनकुमार थापाले बिहीबार सार्वजनिक गरेको नेपाली कांग्रेसको प्रतिज्ञा पत्रमा यस्तो उल्लेख गरिएको छ । 

प्रतिज्ञापत्रमा भनिएको छ ‘गैरआवासीय नेपाली युवालाई नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिताहरूमा सहभागी गराई नेपालीत्वको भावना अभिवृद्धि गराउन र समग्र नेपालको खेलकूद क्षेत्रको विकास गर्न कानुनी व्यवस्था गर्छौं ।’ 

पछिल्लो समय नेपाली राष्ट्रिय टिमका खेलाडीहरूको विदेश पलाएन भइरहेकोतर्फ सचेत रहँदै नेपालको खेलकुद विकासमा यसले सार्थकता प्रदान गर्ने अपेक्षा आम खेलप्रेमीले गरेका छन् ।

विश्वका अन्य देशहरूमा बाहिरका खेलबाडीहरूले देशको प्रतिनिधित्व गरिरहेका बेला नेपालमा भने यो व्यवस्था नहुँदा डायस्पोरामा दोस्रो तेस्रो पुस्ताका युवा खेलबाडीहरूले देशको प्रतिनिधित्व गर्न पाएका छैनन् । 

यसका लागि विद्यमान खेलकुद विकास ऐन पनि संशोधन गर्नु पर्ने कांग्रेसको प्रतिज्ञा पत्रमा स्पष्टसँग लेखिएको छ ।

प्रतिकृया दिनुहोस्