×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

युभेन्ट्सको सानदार सुरुवात

युभेन्ट्सको सानदार सुरुवात

काठमाडौँ- युभेन्टसले इटालियन सिरी ए मा शानदार शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले सास्सुओलोलाई ३-० गोल अन्तरले पराजित गर्दै नयाँ सिजनको शानदार शुरुवात गरेको हो । 

युभेन्टसको जितमा दुसान भ्लाहोभिकले दुई गोल गरेका थिए भने एन्जल डी मारियाले एक गोल गरेका थिए । मारियाले सिरी ए को डेभ्यु खेलमा नै गोल गरेर युभेन्टसमा उत्कृष्ट शुरुवात गरेका छन् । उनी यसै बर्ष पिएसजी छोडेर युभेन्टस गएका थिए ।

यो जितपछि युभेन्टसले महत्वपूर्ण ३ अंक जोडेको छ । युभेन्टसले अब अर्को खेल अगस्त २३ मा साम्पडोरियाविरुद्ध खेल्ने छ ।

 

प्रतिकृया दिनुहोस्