काठमाडाैँ- राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् । सोमबार बसेको उक्त पार्टीको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता छानेको हो ।
नेता कविन्द्र बुर्लाकोटीकाअनुसार दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ । गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा मात्र भाग लिएको रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ ।