×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘नो पार्किङ’मा राख्दा मन्त्रीको गाडीलाई १००० जरिवाना

‘नो पार्किङ’मा राख्दा  मन्त्रीको गाडीलाई १०००  जरिवाना

काठमाडौं - काठमाडौंको पेप्सीकोलामा ‘नो पार्किङ’मा रोकिएको मन्त्रीको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ । पेप्सीकोलास्थित स्टार बैंक्वेट अगाडी पार्किङ निषेध गरिएको ठाउँमा पार्किङ गरेको भेटेपछि बागमती प्रदेश–०३–००१ झ ०१३२ नम्बरको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको हो ।
ह्विल लक गरेर मन्त्रीले प्रयोग गर्ने सो सवारी चालकलाई १ हजारको चिट काटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सो गाडी कुन मन्त्रीले प्रयोग गरेका थिए भन्ने ट्राफिक प्रहरीले खुलाएको छैन । शुक्रवार साढे ५ बजेतिर पिक आवरमा सड्कमा पार्क गरेको भेटिएपछि सर्वसाधारणको सवारी सरह सो गाडीलाई पनि कारवाही गरिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्