×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इन्द्रसरोवर गाउँपालिकामा दुई वडा सदस्यमा निर्विरोध

इन्द्रसरोवर गाउँपालिकामा दुई वडा सदस्यमा निर्विरोध

काठमाडौँ- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेका दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। 

मकवानपुर जिल्लास्थित उक्त गाउँपालिकामा दलित महिलातर्फ दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो। एमालेबाट दलित महिला सदस्य पदमा मनोयन दर्ता गराएकी उक्त गाउँपालिका–१ की लक्ष्मी दमाइँ, र सोही गाउपालिका वडा नं ४ की सावित्रा सुनार निर्विरोध निर्वाचित भएको बताइएको छ।

ती वडामा अन्य कसैको पनि उम्मेदवारी नपरेकाले उम्मेदवारद्वय स्वतः निर्विरोध निर्वाचित भएका हुन्।

प्रतिकृया दिनुहोस्