×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नवप्रवेशी तिरास्पोलसँग रियल स्तब्ध

नवप्रवेशी तिरास्पोलसँग रियल स्तब्ध

एजेन्सी - स्पेनिस जाइन्ट रियल म्याड्रिड च्याम्पियन्स लिगको नवप्रवेशी क्लब शरिफ तिरास्पोलसँग अप्रत्याशित रूपमा पराजित भएको छ। पूर्वी युरोपियन देश माल्दोभाको शरिफ तिरास्पोल क्लबले सनसनीपूर्ण प्रदर्शन जारी राखेको छ। च्याम्पियन्स लिगको जारी सिजनमा दोस्रो जित निकाल्ने क्रममा शरिफले रियललाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो। १३ पटकको युरोपियन च्याम्पियन रियल म्याड्रिड समूह डी अन्तर्गतको दोस्रो खेलमा मङ्गलवार राति शरिफ तिरास्पोलसँग २–१ पराजित हुँदा २५ औँ मिनेटमा याख्शिबोएभले गोलमा पछि पर्‍यो।

६५ औँ मिनेटमा पाएको पेनाल्टीमा करिम बेन्जिमाले रियल म्याड्रिडलाई बराबरीमा ल्याए। तर खेल सकिन एक मिनेट बाँकी रहँदा सेबास्टियन थिलले शरिफका लागि विजयी गोल गरेपछि घरेलु समर्थक स्तब्ध भएका थिए। लगातार दुई जित निकालेको शरिफ ६ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ। शरिफले यसअघि पहिलो खेलमा शख्तर डोनेस्कलाई २–० ले पराजित गरेको थियो। तीन अङ्कसहित रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ।

सोही समूहको अर्को खेलमा इन्टर मिलान र शाख्तर डोनेस्कसँग गोलरहित बराबरी खेल्यो। मङ्गलवार राति भएका अन्य खेलमा अयाक्सले बेसिक्टासलाई २–० तथा बोरुसिया डर्टमण्डले स्पोर्टिङ्गलाई १–० ले पराजित गरेको हो। रियलले यसअघि आफ्नो पहिलो खेलमा इन्टरमिलानलाई १–० ले पराजित गरेको थियो।

प्रतिकृया दिनुहोस्