×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उपत्यकामा २६ सय ५६ जना सवारी चालकमाथि कारवाही

उपत्यकामा २६ सय ५६ जना सवारी चालकमाथि कारवाही

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ६५६ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा सोमबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने १३५, लेन अनुशासन पालना नगर्ने ७८, रेड लाइटमा सवारी साधन चलाउने र नम्वर प्लेट राम्रोसँग नराख्ने २३ जना सवारी चालक रहेका छन् । यस्तै, २ हजार ३५४ जनालाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस्