काठमाडौँ- साताको पहिलो कारोबार दिन सेयर बजारमा भारी वृद्धि आएको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ बिन्दुमा पुगेको छ । यो २ प्रतिशतभन्दा माथिको वृद्धि हो । यस दिन कारोबार रकम समेत बढेकोछ ।
यस दिन १९ लाख १३ हजार ५ सय ७३ कित्ता सेयर १ अर्ब ५४ करोड ८० लाख ३३ हजार रुपैयाँमा कारोबार भएको छ । यस दिन समुहगत सुचकहरु समेत बढेका छन् । यस दिन १८५ कम्पनीको सेयर मूल्य बढेको छ । लघुवित्त कम्पनीहरुको कारोबार र सेयर मूल्य बढ्दा यस दिन समग्र कारोबार नै बढेको छ ।