×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रकाशमान र विप्लवबीच भेटवार्ता

प्रकाशमान र विप्लवबीच भेटवार्ता

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । दुई नेताबीच सिंहनिवास चाक्सीबारीमा भेट भएको सिंहका प्रेस सहयोगी यूपी लामिछानेले बताए । लामिछानेका अनुसार उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । ‘भेटमा पछिल्लो मुलुकको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल भयो,’ लामिछानेले भने, ‘नयाँ विषयहरू केही छैनन् ।’ झन्डै दुई वर्षको आफ्नो पार्टीमाथिको प्रतिबन्ध हटेपछि विप्लवले शीर्षस्थ दलका नेताहरूसँग भेट्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्