×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

युवराज सफललाई कारबाही गर्न पूर्वमन्त्री बडूको माग

युवराज सफललाई कारबाही गर्न पूर्वमन्त्री बडूको माग

काठमाडौं - नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले युवराज सफललाई कारबाही गर्न माग गर्नुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै तथ्यहीन आरोप लगाएकाले कारबाहीको माग गर्नुभएको हो ।

दोहोरा नागरिकताको विषयमा आफ्नो नामसमेत जोडेर सञ्चारमाध्यममा आएकोप्रति पनि ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो सन्दर्भमा यस्तो गम्भीर आरोप लगाएर झूटा र आधारहीन समाचारप्रति गहिरो दुःख व्यक्त गर्दछु । ममाथि लगाइएको आरोप पुष्टि गर्न ठाडो चुनौती दिन्छु ।’

मन्त्रीको जिम्मेवारी सम्हालिसकेको आफू जस्तो व्यक्तिमाथि लगाइएको यस्तो आरोपले जिम्मेवार नागरिकको प्रतिष्ठामा गम्भीर चोट पुगेको उहाँको भनाइ छ ।

पौडेलले पूर्वमन्त्री बडूसहित केही व्यक्तिहरुको दोहोरो नागरिकता रहेको भन्दै छानबिन गर्न गृह मन्त्रालयमा उजुरी दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्