×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भीरबाट लडेर एकजनाको ज्यान गयो

भीरबाट लडेर एकजनाको ज्यान गयो

काठमाडौं- पाल्पामा एक जना पुरुषको भीरबाट लडेर ज्यान गएको छ । जिल्लाको बगनासकाली–७, छहरेखोला बस्ने ४० वर्षका केशवबहादुर बुढाथोकीको भीरबाट लडेर मृत्यु भएको हो ।  बिहीबार बिहान घर नजिकैको छहरेखोलाबाट १४० मिटर तल खस्दा बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

मृतक बुढाथोकी घरबाट बिहानै ३ बजेतिर हिँडेको स्थानीय बासिन्दाले बताएका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस्