काठमाडौँ- सुन चाँदीको मूल्य आज घटेको छ । हिजो स्थिर रहेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकेको छ ।
हिजो ९७ हजार ८ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।