×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

डाइरेक्ट म्यासेज कसरी पिन गर्ने ? "ट्वीटरमा"

डाइरेक्ट म्यासेज कसरी पिन गर्ने ? "ट्वीटरमा"

काठमाडौं- ट्वीटरमा कसैसँग निजी वा गोप्य कुराकानी गर्नका लागि डाइरेक्ट म्यासेज फिचर उपयोगी हुन्छ ।

ट्वीटरमा आफैंले डाइरेक्ट म्यासेज मा निजी कुराकानी सुरु गर्न सकिन्छ वा आफूलाई फलो गर्ने जोसुकैसँग कुरकानी गर्नका लागि ग्रुप पनि बनाउन सकिन्छ ।

साथै यदि तपाईंले ट्वीटरको सेटिंग्समा फलो नगरेको जो कोहीबाट पनि डिएम प्राप्त गर्नेगरी सेट गर्नुभएको छ वा कसैलाई तपाईंले यसअघि डाइरेक्ट म्यासेज पठाउनुभएको छ भने पनि त्यस्ता प्रयोगकर्ताले तपाईंलाई डिएम गर्न सक्दछन् ।

डाइरेक्ट म्यासेज मा गरिने कतिपय संवादहरू नितान्त निजी हुन्छन् भने कतिपय चाहिं निकै महत्वपूर्ण हुन्छन् जसलाई तपाईंले पिन गर्न सक्नुहुन्छ ।

यसबाट तपाईंले ट्वीटरको डिएम इनबक्सको सबैभन्दा माथि उक्त महत्वपूर्ण संवाद पिन गर्न सक्नुहुन्छ सधैं देखिने र खोज्नै नपर्ने गरी । तपाईंले ट्वीटरको डिएमका अधिकतम ६ वटासम्म म्यासेज पिन गर्न सक्नुहुन्छ । ट्वीटरमा डाइरेक्ट म्यासेजलाई पिन गर्नका लागि तलको तरिका अपनाउनुपर्दछ :

 १   ट्वीटर खोल्नुहोस् र "डाइरेक्ट म्यासेज इनबक्स " मा जानुहोस्
 २   त्यसपछि डिएम इनबक्सको माथि पिन गर्न चाहेको च्याटमा जानुहोस्
 ३  त्यहाँ रहेको "मोर" आइकनमा ट्याप वा क्लिक गर्नुहोस्
 ४  अन्तिममा "पिन कन्भर्सेसन" छान्नुहोस्

यति गरेसँगै पिन भएका म्यासेजहरू इनबक्सको माथिल्लो भागमा देखा पर्दछन् । तपाईंले पिन गरेका एकभन्दा धेरै म्यासेजहरू भएमा पिन गरेको आधारमा लहरै बस्दछन् ।

अनपिन कसरी गर्ने ?

पिन गरिएको म्यासेजलाई अनपिन गर्नका लागि "पिन्नेड कन्भर्सेसन लिस्ट" मा गएर" मोर" आइकनमा थिच्नुहोस् र unpin गर्नुहोस ।

 

प्रतिकृया दिनुहोस्