×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धनगढीको एसपीए कलेजका प्राध्यापक छात्रामाथि दुर्व्यवहार आरोपमा पक्राउ

धनगढीको एसपीए कलेजका प्राध्यापक छात्रामाथि दुर्व्यवहार आरोपमा पक्राउ

धनगढी - कैलालीको धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)का एक प्राध्यापक पक्राउ परेका छन्।

एसपीएका ३३ वर्षीय प्राध्यापक डिल्लीराज भण्डारी शनिवार पक्राउ परेका हुन्। होटेल व्यवस्थापनतर्फका संयोजक समेत रहेका भण्डारीले शैक्षिक भ्रमणबाट फर्किदा छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकी हुन्।
विज्ञापन


एकेडेमीमा सो विषयलाई लिएर विद्यार्थी र प्राध्यापकहरूका बिचमा विवाद भएपछि प्रहरीले भण्डारीलाई नियन्त्रणमा लिएको कैलाली प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले मनकामनाका लागि शैक्षिक भ्रमणमा गएर फर्केने क्रममा बसभित्र भण्डारीले छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो। आइतवार सो सम्बन्धमा छलफल गरिने प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्