×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

शिक्षा, निजामती र प्रहरी ऐन चाँडै ल्याउने प्रधानमन्त्रीको आश्वासन

शिक्षा, निजामती र प्रहरी ऐन चाँडै ल्याउने प्रधानमन्त्रीको आश्वासन

विराटनगर- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश १ को नामबारे चासो राखेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की बुधबार बिहान बालुवाटार पुगेका थिए ।

भेटमा सरकारको काम र विकास निर्माणबारे छलफल भएको कार्कीले बताए । कार्कीले भने, ‘उहाँ प्रधानमन्त्री भएपछि यो पहिलो भेटघाट हो । प्रदेशको विकास र प्रदेशलाई मजबुत बनाउने विषयमा छलफल भयो ।’

प्रधानमन्त्रीले प्रदेशलाई मजबुत बनाउन शिक्षा, निजामती र प्रहरी ऐन चाँडै ल्याउने आश्वासन दिएका छन् । उनले प्रदेशको नामका विषयमा पनि चासो राखेका छन् । ६ वटा प्रदेशले आफ्नो नाम राखिसकेका छन् । तर प्रदेश १ ले नाम राख्न सकेको छैन ।

मुख्यमन्त्री कार्की भन्छन्, ‘मैले चाँडै नाम राख्ने प्रक्रिया अघि बढाउने बताएको छु ।’

प्रतिकृया दिनुहोस्