×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बुझे हुन्छ, देश गम्भीर संकट उन्मुख छ : रवीन्द्र मिश्र

बुझे हुन्छ, देश गम्भीर संकट उन्मुख छ : रवीन्द्र मिश्र

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले देश गम्भीर संकटतर्फ उन्मुख भएको टिप्पणी गरेका छन् । देशका बहालवाला र भूतपूर्व प्रधानमन्त्री ‘सहसचिव’को स्तरमा झरेर विदेशीलाई पत्र लेखेको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन् । 

प्रधान मन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीलाई पत्र लेखेको विषयलाई उनले ‘सहसचिव’ को स्तरमा झरेको उल्लेख गरे । उनले विभिन्न ६ वटा बुँदा उल्लेख गर्दै देश गम्भीर संकट उन्मुख रहेको उल्लेख गरेका छन् ।

मिश्र लेख्छन् :-

  • जब देशको बहालवाला र भूतपूर्व प्रधानमन्त्री ‘सहसचिव’को स्तरमा झरेर विदेशीलाई पत्र लेख्छन्,
  • बहालवाला प्रधानमन्त्री विदेशी गुप्तचर निकायको प्रमुखलाई मध्यरातमा भेट्छन्,
  • कोही भूतपूर्व प्रधानमन्त्री ‘होली वाइन’ मा नुहाउँछन्
  • कोही जातीयता र क्षेत्रीयताको नारा चर्काउँछन्
  • तिनकै पछाडि निहित स्वार्थले देशका धेरै बुद्धिजीवी, व्यापारी, र गलत बुझाइले बहुसङ्ख्यक नागरिक दौडिन्छन्
  • देशका सबै भनेजसो सार्वजनिक संस्थाहरू अशास्य (unruly) भएर जान्छन्
  • बुझे हुन्छ देश गम्भीर संकट उन्मुख छ ।

 

प्रतिकृया दिनुहोस्