×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सर्यो

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सर्यो

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन सरेको छ। पार्टी अध्यक्ष कमल थापाको अध्यक्षता तथा अध्यक्ष द्वय पशुपति शम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनी समेतको उपस्थितिमा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो । 


जसअनुसार महाधिवेशन २०७८ जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको छ । यसअघि वैशाख अन्तिम साता महाधिवेशन गर्ने निर्णय भएको थियो । 
यस्तै सक्रिय सदस्यता वितरण गर्ने म्याद अन्तिम पटकको लागि २०७८ बैशाख मसान्तसम्म थप गर्ने, जिल्ला तहसम्मको अधिवेशन  बैशाख मसान्तसम्म गर्ने  र  प्रदेश कार्य समितिको निर्वाचन जेठ ७ गतेसम्म गर्ने तय भएको छ ।

महाधिवेशन प्रतिनिधि निर्वाचन जेठ १० गतेसम्म गर्ने निर्णय पनि भएको सो पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्