काठमाडौं - काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत (निजी) विद्यालयहरूमा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन आह्वान गरेको छ।
महानगरको शिक्षा विभागले आज एक सूचना प्रकाशित गरी शैक्षिक सत्र २०८१/८२ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको हो।
सूचनाअनुसार, इच्छुक विद्यार्थीले आजैदेखि अनलाइन फारम भर्न सक्नेछन्। आवेदन दिने अन्तिम मिति असार २७ गतेसम्म तोकिएको छ।
विद्यार्थीले महानगरपालिकाको आधिकारिक वेबसाइट अथवा सिधै entrance.kathmandu.gov.np मा गई आवेदन दिन सक्नेछन्।
महानगरले छात्रवृत्ति छनोटका लागि प्रवेश परीक्षा आगामी साउन ३ गते, बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन गर्ने जनाएको छ।