×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विचार

भूईंचालो - गृश्मा पाैडेल

भूईंचालो - गृश्मा पाैडेल

गृश्मा पाैडेल ।  आयो” सबै मानिस चिच्याए ! फुलमाया मिस पनि आत्तिनु भयो, उत्निखेरै भाग्नुभयो। सबै विध्यार्थी पनि आत्तिए र कक्षा कोठाको ढोका तिर कुदे। भाग्दा तिनीहरूले एकले अर्कालाई धकेले र सबैजना लड़े। चोटपटक लाग्यो।  भूइँचालो रोकिएपछि विर बहादुर सरले सबै बिध्यार्थीलाई विध्यालयको चौरमा जम्मा गर्नु भयो। सबै विध्यार्थी छन् कि छैनन् भनेर एक एक गरेर गन्न थाल्नुभयो। गन्दा एकजना विध्यार्थी नभएको पत्ता लाग्यो।कक्षा कोठा भित्र पसेर हेर्दा हिमाललाई टाउकोमा चोट लागेको भेटियो । हिमाल कक्षा ३ मा पढ्ने विध्यार्थी हो।

उसलाई विध्यालय जान र साथीहरूसँग पढ्न धेरै रमाइलो लाग्छ।  गणितको कक्षा भै रहेको बेला उसलाई भूइँ हल्लेको जस्तो लाग्यो।  भूईंचालो गएको रहेछ। “भूईंचालो आयो”केही मानिस चिच्याए। विर बहादुर सरले भन्नुभयो, “ भूइँचालो जाँदा तिमीहरू  कक्षा कोठा भित्र छौ भने डेस्क मुनि लुक”। यसो गर्यो भने तिमिहरू सुरक्षित रहन सक्छौ। शान्त भएर बसिराख र भूईंचालो रोकिएपछि केही नरम चिजले टाउको ढाकेर कक्षा कोठाबाट बाहिर निस्क र चौरमा बसिराख। भूइँचालो जाँदा छाना र पर्खाल माथिबाट पनि केही चिज खस्न सक्छ र टाउकोमा लाग्न सक्छ। यस्तो बेलामा किताब राख्ने झोला वा कुनै नरम चिज टाउको माथि राख्न पर्छ। टाउको हाम्रो शरिरको सबै भन्दा महत्वपूर्ण अँग हो। कृपया यसलाई जोगाउ र सुरक्षित राख। 

झ्यालको ऐना र फुटेको सिसाबाट पनि चोट लाग्न सक्छ। त्यस्तो ठाउँबाट पनि टाढा बस्नु पर्छ। अनि भूईंचालो रोकिएपछि अरुलाई मध्यत गर्न जानु राम्रो हुन्छ। अर्को पल्टदेखि भूईंचालो थामिएपछि विधेयालयको चौरमा जम्मा हुने छौ। तर हामी शिक्षकहरूले विध्यालय भवन सुरक्षित छ कि छैन भनेर नजाँचेसम्म तिमीहरू फर्केर कक्षा कोठा भित्र नजानु। किनभने भूइँचालो आएपछि विध्यालय भवनमा क्षति पुगेको हुन सक्दछ। त्यस्तो भवन सजिलै भत्कन र ढल्न सक्छ र तिमीहरूलाई फुटेका सिसाका टुक्काहरूले चोट पनि लाग्न सक्छ। 

हिमालले भन्यो “सर आज भूईंचालो आउँदा म निक्कै डराएँ। मैले भूइँचालोको बारेमा धेरै कुरा सिकें”।  भूइँचालो जाँदा हामी टेबुल मुनि लुक्नु पर्छ। अनि भूइँचालो रोकिएपछि बाहिर जानु पर्छ र चौर अथवा कुनै फराकिलो जमिनमा गएर बस्नु पर्छ। गुरूहरूले हुन्छ नभनि विध्यालय भवन भित्र पस्नु हुँदैन”र आफू पूर्ण रुपमा सुरक्षित छु नभन्ठानिकन अरूलाई मध्यत गर्न हतार पनि गर्न हुँदैन। यस्तो बेला सबैको ज्यान खतरामा पर्न सक्छ। हामीले हाम्रो विध्यालयको नियम अनुसार सबै कुरा गर्न पर्छ।

बाहिर निस्किंदा एकले अर्कोलाई धकेल्न पनि हुँदैन र ठूलो ठूलो स्वरले चित्याउन पनि हुँदैन। बाहिर निस्कने बेलामा पहिला टाउको कसरी जोगाउने भनेर विचार गर्नु पर्दछ। टाउको माथि किताब या नभए झोला टाउको माथि राखेर बिस्तारै लाईन लागेर निस्कनु पर्छ।
यो कुरा सुनेर विर बहादुर सर धेरै खुशी हुनु भयो! र हिमाललाई स्यावासी दिंदै भन्नु भयो “अब तिमीहरू घर जाओ र आफुले आज सिकेका कुरा आफ्नो परिवारको अरू मान्छेहरू र टोल छिमेकका अरू साथीहरूलाई पनि बताओ”। 

प्रतिकृया दिनुहोस्