×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

नेपाली फुटबल खेलाडीका लागी जापानमा स्वागत भोज

नेपाली फुटबल खेलाडीका लागी जापानमा स्वागत भोज

टोकियो । प्रतियोगितामा सहभागी हुन जापान आएका यू–१२ टोलीका नेपाली फुटबल खेलाडीहरुका लागी स्वागत भोजकाे आयोजना हुने भएको छ । जापानमा आयोजना हुन लागेको कोपा टोरेरोस यू–१२ फुटबल प्रतियोगितामा सहभागी हुन बुधबार जापान आएका नेपाली खेलाडीहरुको सम्मानमा मार्च २६ तारिख बिहिबार स्वगत भोजको आयोजना गर्न लागिएको हो । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी वसन्त गौचनको पहलमा यू–१२ टोली जापान आइपुगेको छ ।

जापान आइपुगेको टोलीका लागि जापानस्थित एनपीओ नेपाल युथ सकर प्रोजेक्टले बाल फुटबल खेलाडीहरुसँग स्वागत भोज कार्यक्रम आयोजना गर्दैछ ।  नेपाली टोलीलाई एनआरएन जापानका कार्यबाहक अध्यक्ष विश्व सुवेदी र पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचनले स्वागत गरेका थिए । प्रतियोगिताअघि खेलाडीहरुको हौसला बढाउन नेपाली राजदूताबास, गैरआवासीय नेपाली संघ ९एनआरएनए० र सम्पूर्ण संघसंस्था मिलेर खेलाडीहरुसँग आज २६ तारिख साँझ साढे ६ बजेदेखि ९ बजेसम्म टोकियोको शिन ओकुबोस्थित याताइमुरा रेस्टुरेन्टमा ‘स्वागत भोज’ आयोजना गरिएको छ ।

नेपालका पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलागी वसन्त गौचनको नेतृत्वमा रहेको यो संस्थाले बिगत सन् २०१६ देखि नेपालबाट बाल फुटबल खेलाडी जापानमा ल्याएर जापानमा हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी गराउँदै आएको छ ।

तीन दिनसम्म चल्ने यो प्रतियोगितामा नेपालसहित जापान, स्पेन, पोर्चुगल, अस्ट्रेलिया, चीन, कोरिया, ताइवान, जर्मनीसहित अन्य ४० वटा देशका क्लबहरुको सहभागिता रहनेछ ।

नेपालका पूर्वअन्तर्राष्ट्रिय खेलाडी गौचन पछिल्ला २ दशकदेखि जापानलाई कर्मथलो बनाएर फुटबल गतिविधिमा सक्रिय रहँदै आएका छन् । उनले नेपालका किशोर खेलाडीहरुलाई जापानमा आयोजना हुने टोरेरोज प्रतियोगितामा निरन्तर सहभागी गराउँदै आएका छन् ।

यसअघि गत डिसेम्बरमा उनको नाममा रहेको वसन्त गौचन फुटबल एकेडेमीले नेपालमा ललितपुरको लगनखेलस्थित बुद्धिविकास मण्डलमा १० देखि १६ वर्षसम्मका खेलाडीलाई लक्षित गरी फुटबल क्याम्प आयोजना गरेको थियो ।

जसमा गौचनसँगै जापानी प्रशिक्षक युता ओगुरा र नेपालका ‘ए’ लाइसेन्सप्राप्त प्रशिक्षक राजेन्द्र तामाङले प्रशिक्षण दिएका थिए

प्रतिकृया दिनुहोस्