×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोशी प्रदेशका मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध अदालत जाँदै एमाले र राप्रपा

कोशी प्रदेशका मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध अदालत जाँदै एमाले र राप्रपा

विराटनगर - कोशी प्रदेशजज नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्ध एमाले र राप्रपा सर्वोच्च अदालत जाने भएका छन् ।

सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर दाबी गरेको थियो । बहुमत अर्थात् ४७ सांसदको समर्थन आवश्यक भए पनि सभामुख गौतम बाहेक उनीहरूसँग ४६ मात्रै सांसद थिए । माओवादी केन्द्रबाट निर्वाचित सभामुख गौतमलाई गठबन्धनले सरकार गठनमा प्रयोग गरेको हो ।
गौतमले सरकार गठनको दाबी प्रस्तुत गरिएको पत्रमा छुट्टै हस्ताक्षर गरेका छन् । एमाले र राप्रपाले भने सभामुख तटस्थ रहने भएकोले बहुमत मा जोडेर लानु संविधान विपरीत हुने तर्क गरिरहेका छन् ।

सभामुख बाबुराम गौतमले भने आफूले निकास दिन बाध्य भएको बताएका छन् । सभामुख समेतलाई विवादमा तानेर सरकार बनाए पनि गठबन्धनको सरकार कति दिन टिक्ला भन्ने संशय भने कायमै छ ।

 

प्रतिकृया दिनुहोस्