×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेसले समानुपातिकतर्फको बन्द सूची तयार गर्दै

कांग्रेसले समानुपातिकतर्फको बन्द सूची तयार गर्दै

काठमाडौँ- नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बनाउन तयारी थालेको छ ।

समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची तयार गर्न आज बिहान ९ बजेदेखि कांग्रेस केन्द्रीय संसदीय समितिमा छलफल जारी रहेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा समितिका पदाधिकारीले छुट्टाछुट्टै क्लष्टरकारुपमा छलफल गरिरहेको र दिउँसो २ बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासहितको औपचारिक बैठक बस्ने उहाँले बताउनुभयो ।

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउन दलहरुलाई यही असोज २ र ३ गतेको समय निर्धारण गरेको छ । (रासस)

प्रतिकृया दिनुहोस्