×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जेठ ९ देखि बुद्ध एयरको बनारस उडान

जेठ ९ देखि बुद्ध एयरको बनारस उडान

काठमाडौँ- जेठ ९ गतेदेखि बुद्ध एअरले काठमाडौँ-बनारस उडान पुनः सुरु गर्ने भएको छ। तत्कालका लागि हप्तामा दुई दिन सोमबार र शुक्रबार उडान गर्ने बुद्ध एअरले जनाएको छ। यात्रुको अवस्था हेरेर बुधबारका दिन पनि सञ्‍चालन गर्न सकिने बुद्धको भनाइ छ। 

बुद्धले ८ हजार ५११ भाडादर तोकेको छ। काठमाडौँबाट बिहान ७ः१५ मा उड्ने विमान ५० मिनेटमा बनारस पुग्नेछ। त्यसपछि भारतीय समयअनुसार बिहान ८ः३० बजे काठमाडौँका लागि उड्ने बताइएको छ। बुद्धले यसअघि काठमाडौँ-बनारस गर्दै आएको उडान कोरोना संक्रमण तीव्र भएसँगै दुई वर्षअघि स्थगित गरेको थियो।

प्रतिकृया दिनुहोस्