×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अथक प्रयासका बाबजुद सफल भएनौँ, समयक्रममा समीक्षा गछौं : प्रदीप ज्ञवाली

अथक प्रयासका बाबजुद सफल भएनौँ, समयक्रममा समीक्षा गछौं : प्रदीप ज्ञवाली

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले हार स्वीकार गरेका छन् । गुल्मी १ बाट कांग्रेसका चन्द्र भण्डारीसँग पराजित भएपछि उनले प्रतिकूल परिणामको जिम्मेवारी आफ्नो काँधमा लिने बताएका छन्। 

उनले आफूलाई निर्वाचनमा सहयोग गर्नेलाई धन्यवाद दिँदै फेशबुकमा लेखेका छन्, ‘अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु । प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरु रहन गए, समयक्रममा समिक्षा हुने नै छ ।’

उनले आफू संसद भवन भित्र पुग्न नसके पनि मुलुक र आन्दोलनको उज्ज्वल भविष्यप्रति निरन्त काम गर्ने बताएका छन्।

‘ओराली र उकाली यात्राका अभिन्न अङ्ग हुन् भने सफलता र विफलता जिन्दगीका अविभाज्य हिस्सा। म संसद भवन भित्र पुग्न नसके पनि मुलुक र आन्दोलनको उज्ज्वल भविष्यप्रति ममा कुनै सन्देह छैन। यस परिणामलाई मैले स्थितप्रज्ञ भावले ग्रहण गरेको छु’ उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्