काठमाडौं- शाकाहारी अभियान्ता तथा समाजसेवी राधेश्याम खड्काको पशुबलि निषेध सम्बन्धी लघु चलचित्र तनकामना सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमका बीच खड्काको आफ्नै यूटुव च्यानल मार्फत फिल्म सार्वजनिक गरिएको हो । चाँडपर्वमा हुने जघन्य पशुवलिको विरुद्धमा बनाइएको सर्ट फिल्ममा मार्नु धर्म भए पाप के हो ? भन्ने कुराको जवाफ खोजिएको छ । फिल्मको निर्देशन उत्सव तिवारीले गरेका हुन् भने निर्माण तथा अवधारणा राधे खड्का स्वंयमको रहेको छ ।
भिडियोले मन्दीरमा खसीलाई बध गर्ने क्रममा पुजारी आफै बिरामी भएर ढलेपछि खसीलाई बध गर्न र पुजारीलाई बचाउन लागिएको सन्देश दिएको छ । भिडियोमा समाजसेवी दुर्गानाथ दाहाल पुजारीको भुमिकामा देखिएका छन भने अन्य कलाकारहरुमा शान्ति तिवारी, रामशरण मिश्र, गिता मिश्र लगाएतका रहेका छन् । लामो समयदेखी पशुबली विरुद्ध काम गर्दै आउनुभएका खड्काले आगामी दिनहरुमा मासिक रुपमा चेतनामुलक फिल्म बनाउदै जाने जानकारी समेत दिनुभयो ।