×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाली क्रिकेट टोली ओमनमा

नेपाली क्रिकेट टोली ओमनमा

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान आइपुगेको छ । टोली युएई हुँदै बुधबार स्थानीय समय अनुसार विहान ३:३० बजे ओमानको मस्कट शहर पुगेको हो । नेपाली क्रिकेट टोलीको आज पिसिआर परिक्षण हुनेछ । नेपालले विहीबारदेखि अभ्यास गर्नेछ ।

नेपालले विश्वकप छनोट अघि चार देश सम्मिलित टि२० आई सिरिज अन्तर्गत पहिलो खेल शुक्रबार घरेलु टोली ओमानसँग खेल्नेछ । विश्वकप छनोटमा एकै समूहमा रहेका यी दुई टोलीबीच टि२० आई सिरिजको नतिजाले स्तरमापन गर्नेछ । दुबैलाई आफ्नो गल्ती सुधार गर्ने राम्रो अवसर हुनेछन् । शुक्रबार नेपाल र ओमानबीच खेल दिउँसो ३ : ४५ मा अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ ।

शनिबार युएई र सोमबार आयरल्यान्डसँग खेल्नेछ । यी तीन खेलसँगै नेपालको विश्वकप छनोट तयारी पूरा हुनेछ । त्यसपछि नेपालले टि२० विश्वकप छनोट खेल्ने अन्तिम १५ सदस्य टोली घोषणा गर्नेछ । अर्थात अहिले भएका १७ खेलाडीबाट दुई खेलाडी छनोट बाहिर हुनेछन् । आइसिसीको प्रतियोगितामा १५ भन्दा बढी खेलाडी राख्न पाइदैन । सिरिज भने क्रिकेट बोर्डले जतिपनि खेलाडी राख्न सक्छ ।


ग्लोबल छनोट ए मा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरि आठ टोली छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह बी मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । उद्धघाटन खेलमा फागुन ६ (१८ फेब्रुअरी) मा नेपाल र ओमानबीचको खेल हुनेछ । प्रतियोगिता फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउने छन् ।

नेपाली टिम :

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल,दीपेन्द्रसिंह ऐरी,शरद भेषावकर, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सागर ढकाल, लोकेश बम र प्रदीप ऐरी ।

ओमान भ्रमणमा नेपालको खेल तालिका

चारदेशबीचको टि२० आई सिरिज

माघ २८ ( ११ फेब्रुअरी) – नेपालविरुद्ध ओमान

माघ २९ ( १२ फेब्रुअरी ) – नेपालविरुद्ध युएई

फागुन २ ( १४ फेब्रुअरी ) – नेपालविरुद्ध आयरल्यान्ड

टि२० विश्वकप छनोट

फागुन ६ (१८ फेब्रुअरी) – नेपालविरुद्ध ओमान, ओमान एकेडेमी १

फागुन ७ ( १९ फेब्रुअरी ) – नेपालविरुद्ध फिलिपिन्स, ओमान एकेडेमी २

फागुन ९ (२१ फेब्रुअरी ) – नेपालविरुद्ध क्यानडा, ओमान एकेडेमी १

फागुन १० ( २२ फेब्रुअरी ) – पहिलो सेमिफाइनल ( समूह ए को विजेता र समूह बी को उपविजेता, आइसिसी एकेडेमी १

फागुन १० ( २२ फेब्रुअरी ) – दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता), आइसिसी एकेडेमी २

प्रतिकृया दिनुहोस्