×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अभिनेता पललाई पुर्पक्षको लागि थुनामै राख्ने जिल्लाको आदेशलाई उच्च अदालतले गर्यो सदर

अभिनेता पललाई पुर्पक्षको लागि थुनामै राख्ने जिल्लाको आदेशलाई उच्च अदालतले गर्यो सदर

काठमाडौं - नाबालिग गायिका माथि जबर्जस्ती करणीको अभियोग खेपिरहेका अभिनेता पल शाह(पूर्ण बिक्रम शाह) पुर्पक्षका लागि थुनामै बस्ने भएका छन् । 
जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपुरको पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा परेको निवेदनमा बिहीबारको आदेशले जिल्ला अदालतकै आदेशलाई सदर गर्ने फैसला गरेको हो ।

न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सो आदेश दिएको हो । एक नाबालिग गायिका बलात्कार मुद्दामा पल शाह शाल ३ महिनादेखि जिल्ला कारागार कार्यालय तनहुँको थुनामा छन् । यो फैसलाले उनका फ्यान झनै दुखित भएका छन् ।

तनहुँको आदेशविरुद्ध १८ चैत २०७८ र नवलपुरको थुनछेक आदेशविरुद्ध १३ वैशाख, २०७९ मा साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाउँ भनी उच्चमा परेको निवेदनमा यसअघि ४ पटकसम्म पेसी स्थगित हुँदै आएको थियो ।

बिहीबारमात्र भएको सुनुवाइमा निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, अधिवक्ताहरु भानुभक्त सुवेदी, माधव घिमिरे, मिलनध्वज शाही र जगदीशचन्द्र पाण्डेले बहस गरेका थिए । यस्तै, सरकारको तर्फबाट उच्च सरकारी वकिलको कार्यालयका सहन्यायाधीवक्ता ईश्वरी ढकालले बहस गरेका थिए ।

यस्तै, मुद्दामा सहप्रतिवादी कृष्ण जोशीको मुद्दामा पनि सुरु जिल्ला अदालतकै आदेशलाई सदर गरिएको छ । उनी धरौटीमा रिहा भएका थिए । सुटिङक्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेमको झुठो बहानामा आफूलाई पटकपटक करणी गरेको भनी ती नावालिगले ११ फागुन, २०७८ जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी परेपछि केही दिन फरार अभिनेता शाहले १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।जबरजस्ती करणी मुद्दामा १० चैत, २०७८ को थुनछेक बहसमा जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुंगानाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम तत्काल पुर्पक्षका लाथि थुनामा पठाउने आदेश गरेका थिए ।

सो आदेश बेरितपूर्ण भएको जिकिर गर्दै प्रतिवादीले आफ्नो क्षेत्राधिकार रहेको उच्च अदालत पोखरामा साधारण तारेखमा राखी पाउँ भनी निवेदन दिएका हुन् । थुनामा राख्न गरिएको सुरु जिल्ला अदालतको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत नभएको र पललाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने प्रतिवादीको जिकिर थियो ।

उता, बलात्कार मुद्दामा पीडित भनिएकी नावालिग गायिकाले आफूलाई पलले बलात्कार नै नगरेको भनी सुरु जिल्ला अदालतमा बकपत्रमा बयान फेरिसकेकी छन् ।

प्रतिकृया दिनुहोस्