×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

बेलायतमा सङ्क्रमण बढ्दै, ४८ हजारभन्दा बढी सङ्क्रमित

बेलायतमा सङ्क्रमण बढ्दै, ४८ हजारभन्दा बढी सङ्क्रमित

लन्डन,बेलायतमा कोरोना महामारीका थप सङ्क्रमितहरु देखिएका बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिनजसो सङ्क्रमितहरू बढेका हुन् ।

दुई महिना अघिदेखि निकै शक्तिशाली रुपमा देखा परेको ‘इन्डियन कोभिड भेरियन्ट’को संक्रमण बेलायतमा हाल तीव्र रुपमा बढ्न थालेको बताइएको हो ।

गएको २४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित देखिएको बेलायतका स्थानीय समाचारहरूले जनाएका छन् । योसमेत गरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुने व्यक्तिको संख्या ५४ लाख ३३ हजार पुगेको पनि समाचारमा जनाइएको छ ।

साथै गएको २४ घन्टाभित्र संक्रमणबाट २५ जनाको मृत्यु भएको छ । योसहित बेलायतमा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या १ लाख २८ हजार भन्दा बढी पुगेको बताइएको छ ।रासस

प्रतिकृया दिनुहोस्