काठमाडौं- पछिल्लाे समय तीव्र गतिमा डेंगु फैलिरहेकाे पाइएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांकअनुसार नेपालमा हालसम्म डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ ।
मन्त्रालयले बिहीबार दिएकाे जानकारी अनुसार साउनदेखि २९ भदौसम्म १२ हजार दुई सय १७ जना डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै, डेंगु संक्रमणबाट हालसम्म ११ जनाले ज्यान गुमाएका छन् । नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुका बिरामी फेला परेका थिए । तत्पश्चात नेपालमा डेंगु बर्षेनी देखिएको छ । हाल देशको सात प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ ।
स्वास्थ्य मन्त्रालयले बुधबार ११ हजार ६५ जनामा डेंगु संक्रमण पुष्टि भएको जनाएकाे थियाे । जसअनुसार एक दिनमै झन्डै एक हजार जनामा डेंगु पुष्टि भएकाे ५ ।