काठमाडौँ- सरकारले राष्ट्रिय अनुसन्धानका १४ डिएसपीको एसपीमा बढुवा गरेको छ । बढुवा समितिको मंगलबारको बैठकले उनीहरूको बढुवा गरेको हो ।
बढुवाको सूची औपचारिक रूपमा सार्वजनिक भने भएको छैन । राष्ट्रिय अनुसन्धान विभागमा बढुवाका आकाङ्क्षीहरूले भने फेरि पनि विभेद भएको भन्दै विभागका प्रमुखसमक्ष असन्तुष्टि जाहेर गरेका छन् । उनीहरूले अन्याय भएको भन्दै कानुनी उपचारमा जाने तयारीसमेत गरेका छन् ।