काठमाडौं - नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल निर्वाचित भएका छन् । सोमबार सम्पन्न मतदानपछि भएको मतगणनामा रिजालले विपक्षी नेविसङ्घका मोहम्मद प्रबेजलाई ११७ मतले पछि पार्दै विजयी भएका हुन् ।
त्यस्तै स्ववियु सचिवमा नेविसंघका मनमोहन भट्ट र कोषाध्यक्षमा पनि नेविसंघका मिधिशा मिश्र विजयी भएका छन् ।
यस क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको गठबन्धन रहेको थियो । मतदानमा १६५३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।