×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपालमा पहिलो पल्ट आयोजना हुने फुटसल लिगको तयारी पुरा 

नेपालमा पहिलो पल्ट आयोजना हुने फुटसल लिगको तयारी पुरा 

काठमाडौं - अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपालमा पहिलो पटक आयोजना गर्न लागेको राष्ट्रिय फुटसल लिगको तयारी पुरा भएको छ ।  
पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्डहलमा असोज २ गतेदेखि २२ गतेसम्म हुने लिगमा देशभरबाट १० टिमले सहभागिता जनाउँदै छन्  । 
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कर्भड हलमा यसअघि नै प्रतियोगिता आयोजना गर्ने भनिए पनि कोरोना महामारीका कारण स्थगित भएको थियो । 
एन्फाले लिगका लागि छनोट चरणका खेलहरू, खेलाडी, विजेता र उपविजेता टिमलाई राष्ट्रिय लिगमा सहभागिता गराएको छ ।
एन्फाले देशका ७ वटै प्रदेशमा छनोट चरणका खेलहरूको आयोजना गरेको थियो ।
प्रतियोगितामा ७ प्रदेशका १० टिम सहभागी हुनेछन् । राउन्डरोबिन लिगका आधारमा हुने प्रतियोगिताको लिग चरण भने असोज १९ गतेसम्म सञ्चालन हुनेछ  । 
असोज २० र २१ गते नकआउट चरणका खेल हुनेछ भने २२ गते फाइनल हुने एन्फाका फुटसल प्रमुख विनोद गुरुङले जानकारी दिनुभयो ।
“एन्फाको आयोजनामा पोखरामा हुने यो नेपालकै पहिलो फुटसल लिग हो”उहाँले भन्नुभयो, “लिगको तयारी पुरा भइसकेको छ ।” हामीले खेल सञ्चालनका लागि आवश्यक तयारी सकेका छौँ ।”
लिग पोखरामा नै हुने तय भइसकेको थियो हामीले वैशाखमा आयोजना गर्ने गरी तयारी गरे पनि कोभिडका कारण छनोट चरणका खेल चैत १ गतेदेखि सुरु भएर वैशाखसम्म आयोजना गर्नुपरेको थियो  । छनोट खेल पनि गण्डकीमै गरिएका थियो । 
राष्ट्रिय प्रतियोगिताहरू काठमाडौँमा मात्र केन्द्रित हुने गरे पनि पहिलो पटक राजधानी बाहिर ठुलो प्रतियोगिताको रुपमा फुटसलको आयोजना हुन लागेको छ । 
सहभागी सबै खेलाडी, प्रशिक्षक र पदाधिकारीको चरक मेमोरियल अस्पतालमा कोरोना परिक्षण गराएर मात्र लिगमा सहभागी गराउने े एन्फाका फुटसल प्रमुख गुरुङले बताउनुभयो  । 
यस्तै दर्शकका लागि पनि खोप लगाएकालाई प्रवेश दिने भन्ने सोच गरेको भए पनि जिल्ला प्रशासन कार्यालय कास्कीसँग समन्वय गरेर मात्र निर्णय लिने उहाँले बताउनुभयो ।
चैत र वैशाखमा भएको छनोट चरणमा देशभरका ५२ टिमको सहभागिता रहेको थियो । सङ्घले प्रत्येक टिमलाई तयारी खर्च बापत १÷१ लाख रुपैयाँ प्रदान गरेको छ ।  
लिगमा सबैभन्दा बढी बागमती प्रदेशबाट चार टिमको सहभागिता छ । बागमतीबाट ढुकु फुटसल हव, शंखमुल फुटसल, प्रभात फेरी युथ क्लब, स्काइ गोल्स फुटसल क्लब रहेका छन् ।
लिग विजेता समूहले  नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । 
यस्तै सर्वोत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, प्रशिक्षक र उदीयमान खेलाडीले समान २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ५÷५ जना खेलिने खेलमा खेलाडी बारम्बार परिवर्तन गर्न सकिने व्यवस्था छ । 

प्रतिकृया दिनुहोस्