×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

पूर्व कप्तान पारस काठमाडौं क्रिकेट संघको सदस्यमा निर्वाचित

पूर्व कप्तान पारस काठमाडौं क्रिकेट संघको सदस्यमा निर्वाचित

काठमाडौं -  पूर्व कप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले दिवाकर घलेलाई अध्यक्ष र पारसलाई सदस्यमा निर्वाचित गरेको हो ।
उपाध्यक्ष अजयविर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनित ध्वज चन्द सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरुमा पूर्वकप्तान खड्कासँगै पूर्व क्रिकेटर अमृता पौडेल, मनिष कुमार ढुंगेल, अरुण सत्याल,विजय शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, शाश्वत शर्मा, हिमाल राज गिरी, धिरेन्द्र लाल श्रेष्ठ र ज्योती गुरुङ छन् ।

प्रतिकृया दिनुहोस्