काठमाडौं - नेपाल बार एसोसिएसनको निर्वाचन आगामी चैत १९ गते हुने भएको छ। त्यसका लागि बारको निर्वाचन आयोगले मंगलबार (आज) मतदाता नामावली प्रकाशित गर्ने भएको छ ।
तालिका अनुसार, २३ फागुन २०७८ मा उमेद्वारी मनोनयन दर्ता गर्नुपर्नेछ । त्यसपछि करिब तीन साताभन्दा बढी प्रचारप्रसारका लागि समयावधि मिलाइएको छ ।
१९ चैतमा देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुनेछ । बारले निर्वाचन केन्द्र पनि तोकेको छ ।
बारको अहिलेको कार्यसमितिको कार्यकाल सकिन लागेकाले नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुन लागेको हो ।
बारको कार्यसमितिमा अध्यक्ष, सातै प्रदेशमा सात उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक महासचिव, कोषाध्यक्ष र १४ सदस्य रहने व्यवस्था छ।
निर्वाचनमा देशभरका ९० वटा बार एकाइबाट ११ हजार सदस्य मतदानमा सहभागी हुने बारले जनाएको छ।
वर्तमान बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा रहेको कार्यसमितिको तीनवर्षे कार्यकाल सकिन लागेकाले नयाँ कार्यसमिति चयन गर्न लागिएको हो।
हेर्नुहोस् निर्वाचन तालिका-