धनगढी : विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियामा कर्मचारीलाई भित्रै थुनेर ताला लगाइएको छ। सुदूरपश्चिमका विभिन्न क्षेत्रमा विगत तीन वर्षदेखि विद्युत मर्मतमा कार्यरत मजदुरले ताला लगाएका हुन्।
आगामी दुई वर्ष विद्युत मर्मतका लागि जिम्मेवारी पाएका नयाँ ठेकेदारले आफूहरुलाई निकालेको भन्दै उनीहरुले ताला लगाएका हुन्। कञ्चनपुरको बेलौरी विद्युत प्राधिकरणमा कार्यरत नन्दकुमार रानाले नयाँ ठेकेदार आएसंगै नयाँ कर्मचारी राखेपछि कर्मचारी थुनेरै ताला लगाइएको बताए। ‘नयाँ ठेकेदारले सुरुमा हामीलाई नै राख्छु भनेर प्रक्रिया अगाडि बढाए, तर अन्त्यमा हामीलाई हटाउने काम भएको छ,’ रानाले दिनेशखबरलाई भने।
अर्का मजदुर दीपक रानाले विद्युत प्राधिकरणका प्रमुखले छलफल गर्ने बताएपछि केही समयका लागि ताला खोलिएको र सहमति नभएपछि फेरि लगाउने तयारी भइरहेको बताए।
यता नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालयका प्रमुख जंगबहादुर चन्दले प्राधिकरणको कुनै कमजोरी नरहेको बताए। ‘बैंकमा सुरक्षा गार्ड राख्दा जसरी सेक्यूरेटी कम्पनीसंग सम्झौता हुन्छ, सोहीअनुसार हामीले पनि मर्मतका लागि ठेक्का आह्वान गर्छाै,’ चन्दले दिनेशखबरलाई भने, ‘सोही अनुसार आगामी दुई वर्षका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। नयाँ ठेकेदारले यसअघिका ठेकेदारले राखेका कर्मचारी राख्दैन भनेपछि हाम्रो केही लाग्दैन