लेखक : अभिषेक गैरे
भगवान ,२०७६ साल चैत्र बाट सुरु भएको कोरोना कैले सम्म हो ?
सुरुका दिनमा , ए लौन ,नेपालको फलानो ठाउँमा फलानो मान्छेलाई कोरोना पोजेटिभ देखियो रे ,भन्ने खबर सुन्दा , सहर मा बसेर आफ्नो कर्म गर्ने छोरा छोरी को मुटु हल्लन्थ्यो। गाँउ छिरेको गाडी , तेस्को अन्तिम स्टेसन ,माझी गाउँको चौपारी नपुग्दा सम्म पछाउने आमा....
छोराको दिनहुँ बाटो कुरेर बसेकी उनी, कहाँ गएर आफ्नो छोराको नआउने खबर पाउने भगवान ? सामान्य रुघा , खोकी हुँदै देखिने यसका लक्षणहरु मान्छेको ज्यान सम्म लिने हैसियत राखेको यो भाइरस को अन्त्य कैले र को मार्फत हुने भगवान ? यस बाट बच्न मास्क र स्यानेटाइजर को प्रयोग गर्नु भन्ने दिनहुँ को खबरले , सामान्य धूलो धुवाँ पचाउन सक्ने ले पनि अहिले कोरोना पचाउन सकिरहेका छैनन् भगवान किन के ? पाना -३ भगवान भोगेको थिए, पढेको थिए , सुनेको थिएँ ....
रुख बिरुवा काट्दा बाढी , पहिरो आउने जस्ता जोखीमहरू बढेर आउँछ तर भगवान, यो त भाइरस हो , हामीले कुन वृक्षलाई काटेका थियौं र भगवान अहिले यो आइलागेको ?
यसलाई हटाउन कुन वृक्ष रोप्नु पर्ला भन्दिनु न भगवान ?
हरियो डाँडा काँडा सँगै जल , हावाले भरिपूर्ण भएको हाम्रो पृथ्वीमा के साच्चिकै अक्सिजन को कमी भएकै हो र भगवान ?
खाना पकाउँदा खाना कम भएको बेला ,जे जति छ तेतीलाई बराबर बाढी चुढी खाँदा पनी कसैको थालमा थोरै शिता र कसैको मा धेरै शिता परेजस्तो यहाँ पनी अक्सिजन को भाग लगाउँदा नपुगेर कसैलाई थोरै र कसैलाई धेरै परेको हो र भगवान ?
की यो भाइरस ले सब्बै अक्सिजन कैद गरिरहेको छ र भगवान भाइरसको लक्षण देखिने जती लाई सास फेर्न गाह्रो हुने , स्या...स्या बढेर आउने , स्वयं हजुरलाई मेरो प्रश्न ?
सुनेको थिएँ जहाँ राक्षेस हुन्छन् त्यहाँ भगवान हुन्छन् रे कोरोना नामको राक्षेसले धेरै घटना घटाएर धेरै प्राणको नाश गरी सक्यो भगवान ,यस राक्षस संग युद्ध गरी यसको बद गर्न कुन देवी देवताको आगमन हुन्छ भगवान जानकारी दिनु न ?
स्वयं भगवानलाई मेरो प्रश्न ?