×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

राष्ट्रिय महिला फुटबल टिममा पुरुष खेलाडीले खेलेको भन्दै छानबिन गर्न माग

राष्ट्रिय महिला फुटबल टिममा पुरुष खेलाडीले खेलेको भन्दै छानबिन गर्न माग

एजेन्सी- इरानको राष्ट्रिय महिला फुटबल टोलीमा पुरुष खेलाडीलाई खेलाइएको भन्दै जोर्डनले विरोध जनाएको छ । जोर्डनले उक्त घटनाको छानबिनका लागि माग समेत गरेको छ । इरानको राष्ट्रिय फुटबल टिमकी गोलकिपर जोहरेह कोउडेइ पुरुष भएको भन्दै जोर्डनले एसियाली फुटबल महासंघ (एएफसी)सँग लिङ्ग जाँचको माग गरेको हो ।

उज्वेकिस्तानमा सेप्टेम्बर २५ मा भएको खेलमा इरानले जोर्डनलाई पेनाल्टी सुट आउटमा ४–२ गोल अन्तरले पराजित गरेको थियो । इरानकी गोलकिपर जोहरेह कोउडेइले जोर्डनका २ पेनाल्टी बचाएकी थिइन् ।

जोर्डनले गोल किपरको लिङ्ग जाँचको माग गरेपछि एसियाली फुटबल महासंघले यस विषयमा अनुसन्धान गरिरहेको बताइएको छ । इरानी टिम म्यानेजरले भने आरोपको खण्डन गर्दै जोर्डनले खेल हारेपछि विभिन्न बहाना खोजिरहेको आरोप लगाएको छ ।

प्रतिकृया दिनुहोस्