काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल गर्न सर्वदलीय बैठक बस्न लागेको छ।
बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बस्ने संसद् सचिवालयले जनाएको छ।
बैठकमा संसद्को गतिरोध अन्त्य तथा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता लगायतका विषयमा छलफल हुने जनाइएको छ। संसद्मा प्रतिनिधित्व गर्ने दललाई बैठकमा बोलाइएको छ।