×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

माओवादीले गर्याे गृहमन्त्री थापालाई कारवाही, सांसद पद चैट

माओवादीले गर्याे गृहमन्त्री थापालाई कारवाही, सांसद पद चैट

काठमाडाैँ । नेकपा माओवादी केन्द्रले नेकपा एमालेमा गएका गृहमन्त्री रामबहादुर थापालाई कारबाही गरेको छ। बिहीबार माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई पत्र पठाउँदै थापालाई दलबाट हटाएको र उनी माओवादी केन्द्रको सांसद नरहेको जानकारी गराएको हो।

माओवादीको राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले गृहमन्त्री थापालाई सांसदबाट हटाएको र त्यसको जानकारी संसद सचिवालयलाई दिएको बताए। ‘गृहमन्त्री थापा माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका कारण उहाँ माओवादीको सांसद नरहेको जानकारी संसद सचिवालयलाई गराइसकेका छौँ’, शर्माले भने, ‘शुक्रबार उहाँलाई पदबाट हटाइएको पत्र सचिवालयमा दर्ता भइसकेको छ।’

गृहमन्त्री थापा माओवादीका तर्फबाट राष्ट्रिय सभा सदस्य थिए। यसअघि माओवादीले दल त्याग गरेको भन्दै चार प्रतिनिधि सभा सदस्य र तीन प्रदेशसभा सदस्यलाई कारबाही गरिसकेको छ। माओवादीले एमालेमा प्रदेश गरेका ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री, प्रभु शाह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम तथा रोजगार गौरीशंकर चौधरीलाई पनि कारबाही गर्दै पदमुक्त गरेको थियो।

त्यस्तै माओवादीले एमालेमा प्रवेश गरेका प्रदेश १ का प्रदेश १ र लुम्बिनी प्रदेशका दुई प्रदेश सभा सदस्यलाई पनि पदमुक्त गरेको छ।

प्रतिकृया दिनुहोस्