×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अविरल वर्षाले पूर्व -पश्चिम राजमार्ग र बुटवल -पाल्पा सडक ठप्प

अविरल वर्षाले पूर्व -पश्चिम राजमार्ग र बुटवल -पाल्पा सडक ठप्प

रुपन्देही- बिहानैदेखिको अविरल वर्षाले विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । मंगलबार बिहानैदेखि वर्षा भएपछि बुटवल(पाल्पा सडक अवरुद्ध भएको छ ।

लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलका अनुसार बुटवल-पाल्पा सडकअन्तर्गत सिद्धबाबा नजिकै माथिबाट आएको भेलका कारण सडक अवरुद्ध छ । वर्षाले सडकमाथिबाट आएको छहराको बहाव बढी भएपछि आवागमन नै ठप्प भएको हो ।यसैगरी पूर्व(पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध भएको छ । खोलामा बाढी आएपछि सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्