काठमाडौं- दशैंका लागि काठमाडौं उपत्यकाबाट गाउँघर गएकाहरु धमाधम फर्किन थालेका छन्।यससँगै दशैं अवधीभर सुनसान बनेको काठमाडौंमा चहलपहल पनि निकै बढेको छ।
शुक्रबारबाट दशैं बिदा सकिने भएकाले गाउँघर गएकाहरु फर्किन थालेका हुन्। काठमाडौं फर्किनेहरुको संख्या बढ्न थालेसँगै नाकाहरुमा सवारीको चाप बढ्न थालेको छ। सडक मर्मत नहुँदा यात्रा भने कष्टकरण बनेको पनि यात्रुले गुनासो गरेका छन् ।