×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आजदेखि निषेधाज्ञा उल्लङ्घन गरे एक वर्ष कैद र पाँच लाख जरिवाना

आजदेखि निषेधाज्ञा उल्लङ्घन गरे एक वर्ष कैद र पाँच लाख जरिवाना

काठमाडौँ- सरकारले भर्खरै जारी गरेको कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को प्रावधान नमान्नेलाई कडा कारबाही हुने भएको छ । आजदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सो अध्यादेशविपरीत कुनै काम गर्न बाधा पुर्याउनेलाई एक वर्ष कैद र पाँच लाखसम्म जरिवाना हुने गरी सजाय हुने जनाएको छ । सोमबार सूचना जारी गर्दै प्रशासनले अध्यादेशको मापदण्ड पालना नगर्नेलाई ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने जनाएको छ ।

यो पनि स् अब कडा खालको निषेधाज्ञा, कारबाही पनि कडै !
मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ, अनावश्यक रुपमा आवतजावत गरेको पाइएमा पटकैपिच्छे दुई सय रुपैयाँ जरिवाना लाग्ने जनाइएको छ।

प्रतिकृया दिनुहोस्