×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इम्बोस्ड नम्बर प्लेट : छलफलमा यातायातमन्त्री अनुपस्थित, रावल भन्छन्- ‘प्लेट जाेड्दिनँ, सरकारले जेल हालाेस्’

इम्बोस्ड नम्बर प्लेट : छलफलमा यातायातमन्त्री अनुपस्थित, रावल भन्छन्- ‘प्लेट जाेड्दिनँ, सरकारले जेल हालाेस्’

काठमाडाैँ- इम्बोस्ड नम्बर प्लेटबारेको छलफलमा यातायातमन्त्री रेनुकुमारी यादव नै अनुपस्थित भएकी छन् । बुधबार संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा इम्बाेस्ड नम्बर प्लेटबारे छलफल हुँदैछ । तर, मन्त्री यादव भने अनुपस्थित छन् ।

समिति सभापति निरादेवी जैरुकाअनुसार मन्त्रीकाे समयअनुसार बैठककाे समय तयर गरिएकाे थियाे । तर पनि मन्त्री यादव आइनन् । उनले केही जानकारीसमेत नदिएकाे समितिले जनाएकाे छ ।

यसपछि समिति सदस्यहरूले मन्त्रीकाे अनुपस्थितिबारे प्रश्न उठाएका छन् ।

‘पक्राउ परियाेस्, इम्बाेस्ड जाेड्दिनँ’

समिति सदस्य भीमबहादुर रावलले आफूले कुनै पनि हालतमा इम्बाेस्ड नम्बर प्लेट नजाेड्ने बताएका छन् । बैठकमा बाेल्दै उनले भनेका छन्, ‘म इम्बोस्ड नम्बर प्लेट हाल्दै हाल्दिनँ । बरु सरकारले एक वर्ष जेल हाल्ने भनेको छ, हालोस् । म एक बर्ष जेल जान तयार छु ।’

प्रतिकृया दिनुहोस्