काठमाडाैँ- काठमाडाैँ महानगरपालिकाविरुद्ध अल्फाबिटा सर्वाेच्च अदालत जाने भएकाे छ । त्यसका लागि कानूनी परामर्श लिने काम भइरहेकाे अल्फाबिटा स्राेतले जनाएकाे छ । ‘कानूनी परामर्श लिने काम भइरहेकाे छ,’ स्राेतले भन्याे, ‘सम्भवत: आजै नभए पनि आइतबारसम्म सर्वाेच्च जानेगरी तयारी भइरहेकाे छ ।’
अनधिकृतरूपमा बनाइएकाे भनिएकाे संरचनामा अल्फा केयर फार्मेसी थियाे । महानगरकाे डाेजरले साेही फार्मेसी भत्काएकाे थियाे । यसपछि अल्फाबिटा स्राेतले यसलाई भर्त्सनायाेग्य कार्य भनेकाे छ । ‘फार्मेसी भनेकाे जनतालाई हरबखत चाहिने, अतिआवशकीय वस्तुहरू पाइने ठाउँ हाे । त्यही भत्काइयाे । सबै कुराहरू ठिक हुँदाहुँदै पनि संरचना जबरजस्तीरूपमा भत्काइयाे,’ अल्फाबिटा स्राेतले भन्याे ।
यसअघि बिहीबार बानेश्वर क्षेत्रमा रहेकाे अल्फाबिटा कम्प्लेक्समा बनेकाे अनधिकृत संरचना महानगरपालिकाले भत्काएकाे थियाे । दिउँसाे नक्सा र डाेजर सँगै लिएर त्यहाँ पुगेका महानगर प्रमुख बालेन शाहकाे अल्फाबिटाका सञ्चालक द्विराज शर्मासँग भनाभनसमेत भएकाे थियाे ।
बुधबार मात्रै महानगरले न्यूराेड क्षेत्रमा बनेका अनधिकृत संरचनाहरू भत्काएकाे थियाे । प्रमुख बालेनले याे अभियानलाई निरन्तरता दिने बताएका छन् ।