काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई सात गोलले हराएको छ । गएराति भएको खेलमा सिटीका लागि केभिन डि ब्रुएइनले दुई र अन्य पाँच जना खेलाडीले एक/एक गोल गरे ।
सिटीले यो सिजनमा पहिलोपटक कुनै पनि टिमलाई सात गोल हानेको रेकर्ड पनि बनाएको छ । जितसँगै सिटीले दोस्रो स्थानमा रहेको लिभरपुलसँग ४ अंकको अग्रता बनाएको छ । सिटीको ४१ र लिभरपुलको ३७ अंक छ । गएराति नै भएकाे अर्को खेलमा एस्टन भिल्लाले नर्विच सिटीलाई २–० गोलले हराएको छ ।